प्रहरीले गोली चलाउँदा सनिक खुनाको मृत्यु, १७ जना घाइते

Kanchanpur 8 1

महेन्द्रनगर । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा प्रहरीको गोली लागि मृत्यु हुनेको पहिचान भएको छ ।

प्रहरीको गोली लागि मृत्यु हुनेमा भीनपा १८ सालघारी बस्ने १४ वर्षीय सनिक खुना छन् ।

बालिकाक बलात्कारपछि हत्या भएको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १७ जना घाइते भएका छन् । घाइते भएकामध्ये मनोज खड्काको दायाँ बन्चडमा गोली गालेको छ भने उमेश देउवाको वायाँ खुट्टामा गोली लागेको छ ।

प्रहरीले गोली चलाउँदा अन्य पनि घाइते भएका छन् । घाइते हुनेहरुमा चेतन भट्ट, डम्बर खत्री, कविन्द्र विक, इश्वर जोशी, विरेन्द्र नागरी, युवराज भट्ट, गोरखबहादुर रेउले, किशोर धामी, तुलाराम उपाध्याय, घनश्याम पन्त, दामोदर खत्री, ओमकार जोशी, सुरेशप्रकाश चटौत र सत्रुघ्न सुवेदी छन् ।

उनीहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस