प्रहरीले लियो शब कब्जामा, प्रदर्शनकारीलाई तितिरवितिर पार्ने प्रयास

Kanchanpur 8

महेन्द्रनगर । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा प्रहरीको गोली लागि मृत्यु भएका एक जनाको लासलाई प्रहरीले कब्जामा लिएको छ ।

प्रदर्शनकारीले प्रहरीको गोली लागि मृत्यु भएका युवकको शवसहित प्रदर्शन गर्न लाग्दा प्रहरीले केहीबेर अघि नियन्त्रणमा लिएको छ । तर, प्रदर्शनकारीले आन्दोलन जारी राखेका छन् ।

सो घटनामा परी अन्य ४ जना पनि घाइते भएका छन् । उनीहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस