धार्मिक पर्यटकीय क्षेत्र मुडकामा मेला

Melala

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने धार्मिक पर्यटकीय क्षेत्र मुडकामा आज मेला लागेको छ ।

प्रतिवर्ष यहाँ फागुन शुक्लपक्षको दशमी तिथिका दिन मेला लाग्ने गर्छ । मेला भर्न डडेल्धुरा, कैलाली, कञ्चनपुरसहित निकटवर्ती भारतीय क्षेत्रका दशनार्थी मुडका बाबाको दर्शनका लागि पुगेका छन् ।

बिहानैदेखि मुडका बाबाको ३० हजार भन्दा बढी दर्शनार्थीले दर्शन गरी प्रसाद ग्रहण गरेको वैजनाथ सनातन धर्म संरक्षण समितिका अध्यक्ष भरतबहादुर ऐरले बताए ।

गएरातिदेखि नै मेलामा व्यापार गर्न छिमेकी जिल्ला कैलाली र निकटवर्ती भारतीय क्षेत्रबाट दर्जनौँ व्यापारीसमेत यहाँ पुगेका छन् । मेलामा ३ करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।

मुडका क्षेत्रको दर्शन गरेमा इच्छित फल पाइने जनविश्वासका कारण दर्शनार्थीको भीड लाग्ने गर्छ ।

मुडका धाम क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ रहेको छ । मुडका क्षेत्रमा रहेको तलाउमा मणिवाला सर्प बस्ने कारण यस क्षेत्रको नाम मुडका धाम रहेको स्थानीयवासी बूढापाकाको भनाइ छ ।


समुद्री सतहदेखि झण्डै ३ सय मिटर उचाइमा रहेको मुडका क्षेत्र चारैतिर हरियो सालको वनले घेरिएको छ ।

पूर्व–पश्चिम राजमार्गभन्दा झण्डै ११ किलोमिटर उत्तर चुरेको फेदीमा रहेको यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सर्नेको आश्रयस्थल रहिआएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...