राष्ट्रिय राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै

Prithvi narayan shah

काठमाडौँ । राष्ट्रिय एकता दिवस मुलुकभर आज विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपाल एकिकरणका सुत्रधार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर पौष २७ लाई एकता दिवसको रुपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा पृथ्वी जयन्ती समारोह समिति लगायतका विभिन्न सरोकारवाला निकायले अन्तरक्रिया, विचार गोष्ठी लगायतका कार्यक्रम आयोजना गरेका छन् ।

वि.स. १९७९ साल पौष २७ गते गोरखामा जन्मीएका शाहले बाइसे चौबिसे राज्यलाई एकिकरण गर्दै नेपाल एकिकरणको सुरुवात गरेका थिए । बि स २०६२र६३ को आन्दोलनपछिको सरकारले यो दिवस खारेज गरेपनि विभिन्न स्तरबाट यो दिवस मनाइने गरिएको थियो ।

यस वर्षबाट भने सरकारले नै एकता दिवसको मान्यता दिँदै सार्वजनिक बिदा समेत दिएको छ । राष्ट्रिय एकता दिवससँगै आजै २ सय ९६ औँ पृथ्वीजयन्ती पनि मनाइदैछ । आधुनिक नेपालको एकीकरणकर्ता शाहको सम्झनामा पुस २७ लाई पृथ्वी जयन्तीका रुपमा समेत मनाउने गरिएको छ ।

प्रतिकृया दिनुहोस