मानव बेचबिखन मुद्दामा एवान होटल एण्ड लजका सञ्चालक पक्राउ

Arrest hathkadi 1

भद्रपुर । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई प्रहरीले पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ ।

सञ्चालकले विभिन्न ३ स्थानका ३ जना युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको र निजले कमाएको ४ लाख पनि सञ्चालकले नै राखी, नदिएका कारण ती युवतीले प्रहरीलाई जानकारी दिएको आधारमा पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

ती युवतीलाई सञ्चालकले कोठा भाडामा लिई राखेको दिनभरि कोठामै राखी रातिको समयमा विभिन्न होटल एवं लजमा सम्पर्कको आधारमा यौनजन्य कार्य गराउन लगाउने युवतीको आरोप रहेको छ ।

प्रतिकृया दिनुहोस