डा.केसीको मुद्दाको सुनुवाइमा न्यायाधीश र इजलास बदल्यो सर्वोच्च अदालतले

Adalat supreme court

काठमाडौँ ।  डाक्टर गोविन्द केसीको अपहेलना मुद्दाको सुनुवाइ बयान लिने न्यायधीशभन्दा फरक न्यायाधीशको इजलासमा हुने भएको छ । उनको मुद्दामा मंगलबार न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बयान लिएको थियो ।

सर्वोच्च स्रोतका अनुसार आज न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा केसी मुद्दाको बहस हुनेछ।

शम्भुप्रसाद ज्ञवाली  अध्यक्ष भएको बेला नेपाल बार एसोसियसनको अदालतमा भएको भ्रष्टाचार र शुद्धीकरणबारे अध्ययन प्रतिवेदन तयार पारेको थियो। त्यसपछि भण्डारीले भन्ने गरेका थिए- बल्ल यो मुद्दा बारले उठायो मैले काँध बिसाउने ठाउँ पाएँ।

भण्डारीसँगै केसीका पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीलगायत वकिलले बहस गर्नेछन्।केसीको विपक्षमा रमण श्रेष्ठ,  उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने भएका छन्।

प्रतिकृया दिनुहोस