प्रदेशको राजधानी माग्दै धनकुटामा एक घण्टा चक्काजाम

Dkt 25

धनकुटा । प्रादेशिक राजधानीको माग गर्दै आम हड्तालमा उत्रिएका धनकुटेलीले दैनिक १ घण्टा चक्काजाम गर्ने भएका छन् । त्यही क्रममा मंगलबार धनकुटामा १२ बजेदेखि १ बजेसम्म चक्काजाम गरेका छन् ।

गत बुधबारदेखि आम हड्तालले जनजीवन कष्टकर बनेपछि आन्दोलनकर्मीहरुले चक्काजाम गर्न थालेका हुन् । १ नं. प्रदेशको राजधानी माग गर्दै थालिएको आन्दोलन तीव्र बनाउन धनकुटामा आम हड्ताल थालिएको थियो ।

मंगलबार १ घण्टा चक्काजाम गरेका आन्दोलनकारीले बुधबार पनि १ घण्टा चक्काजाम गर्ने बताएका छन् । आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले मंगलबार दिउँसो १२ देखि १ बजेसम्म १ घण्टा धनकुटाको जिरोप्वाईन्ट र हिलेमा चक्काजाम गरिएको बताए ।

सरकारले १ नं. प्रदेशको राजधानी अन्य जिल्लामा राख्ने षडयन्त्र गरेपछि सुरु भएको आन्दोलनलाई परिवर्तन गरिएको छ । त्यसैक्रममा बुधबार१ घण्टा चक्काजाम गरेर मसाल जुलुश गरिनेछ । बिहिबार भने जिल्ला बन्द गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस