नवलपरसीको सुस्तामा बस दुर्घटनामा २ मृत्यु

Nwlprasi

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका ११ जमुवाडमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

परासीबाट भूमहीतर्फ जाँदै गरेको लु१ख ९२३६ नंको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९२४५ नंको ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना हुँदा अन्य छ जना घाइते भएका छन् ।

दुर्घटनामा परी बसका सहचालक नवलपरासी रामग्राम ५ बस्ने २६ वर्षीय जीतेन्द्रकुमार पाण्डे र बसमा सवार नवलपरासी रामग्राम २ बस्ने ३५ वर्षीय अरविन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ठाकुरको जिल्ला पृथ्वीचन्द्र अस्पताल र पाण्डेको रामनगर सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस