मिश्र र चासिलेको इजलासमा डा. केसीको पक्षबाट ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारी सहित पाँच जनाले बहस गर्दै

Dr govinda kc oct 27

काठमाडौँ ।  डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चासिलेको इजलासमा परेको छ ।

केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गर्ने भएका छन्। २०२८ सालमा ग्राजुयट पढेकामध्येबाट राष्ट्रिय पञ्चायतमा सांसद बनेका थिए। त्यतिबेला बिए पढेकामध्येबाट पनि केही सांसद चुन्ने चलन थियो।

त्यसबाहेक उनी कुनै लाभको पदमा बसेका छैनन्। भण्डारीले लामो समयदेखि अदालतमा हुने भ्रष्टाचार र अदालतको शुद्धीकरणबारे निरन्तर आवाज उठाउँदै अाएका छन्।

शम्भुप्रसाद ज्ञवाली  अध्यक्ष भएको बेला नेपाल बार एसोसियसनको अदालतमा भएको भ्रष्टाचार र शुद्धीकरणबारे अध्ययन प्रतिवेदन तयार पारेको थियो। त्यसपछि भण्डारीले भन्ने गरेका थिए- बल्ल यो मुद्दा बारले उठायो मैले काँध बिसाउने ठाउँ पाएँ।

भण्डारीसँगै केसीका पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीलगायत वकिलले बहस गर्नेछन्।केसीको विपक्षमा रमण श्रेष्ठ,  उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने भएका छन्।

प्रतिकृया दिनुहोस