लगातार बढेको चिसोले मुगुबासीको जनजीवन कष्टकर

Mugu

मुगु । केहि दिनदेखि देशैभर तापक्रम घटेका बेला मुगुमा पनि अत्यधिक चिसोले बढेको कारण मुगुबासीको जनजीवन प्रभावित भएको छ ।

मौसममा आएको बदलिका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको हो । चिसोका कारण हिडडुल गर्नसमेत समस्या भएपछि स्थानीय आगो तापेर दिन काटिरहेका छन् ।

मुगुसहित यतिबेला हुम्ला, जुम्ला, डोल्पा र कालिकोटमा अत्यिधिक चिसो छ । चिसोका कारण जिल्ला अस्पतालमा रुघाखोकी,निमोनिया र दमका बिरामी बढेका छन् ।

यो समयमा स्वास्थ्यको विशेष ख्याल गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । तातो तथा झोलिलो पदार्थ वढि पिउन र न्यानो कपडा लगाएर बस्न उनीहरुको सुझाव छ ।

 

प्रतिकृया दिनुहोस