पूर्व सभामुख नेम्वाङको प्रश्न, प्रदेश केन्द्र तोक्न किन यो सरकार डराउँदैछ ?

Subhas nebang

काठमाडौं । प्रदेशको राजधानी तोक्ने विषय पेचिलो बन्दै गएको छ । सरकारले सात वटै प्रदेशको अस्थायी केन्द्र तोक्ने तयारी गरेको भए पनि राजनीतिक सहमति नबन्दा सरकार केन्द्र नतोक्ने पक्षमा पुगेको छ ।

आखिर किन पेचिलो बन्दैछ प्रदेशको केन्द्र तोक्ने काम ? सरकारले संविधानमै व्यवस्था भए पनि प्रदेशको केन्द्र किन तोक्न चाहेको छैन ? पूर्व सभामुख सुवाचन्द्र नेम्वाङ भन्छन्, ‘यो सरकारले केन्द्र नतोकेर गलत गर्दैछ ।’

सञ्चार केन्द्र नेपालले आइतवार गरेको कायक्रममा नेम्वाङले प्रदेशको अस्थायी केन्द्र तोक्ने अधिकार यही सरकारलाई भए पनि नोटंकी गरिरहेको आरोप लगाए । ‘दुग्ध संस्थानमा महाप्रबन्धक तोक्न हतार गर्ने सरकारले किन प्रदेशको केन्द्र तोक्न चाहिरहेको छैन, हामीले बुझ्न सकेका छैनौं ।’

‘माछा देख्दा दुलोभित्र हाल, सर्प देख्दा दुलो बाहिर हात गर्दैछ । यो सुहाउने कुरा होइन’ नेम्वाङले भने, संविधानमै व्यवस्था भएको कुरालाई वेवास्था गरेर यो सरकारले गलत गरिरहेको छ । सरकार प्रमुख पनि तोक्न सक्ने अनि प्रदेशको केन्द्र तोक्न नसक्ने पनि कतै हुन्छ र ? यो सरकारको गलत मनस्थिती होइन र ?’

उनी सरकारका पछिल्ला दिनका क्रियाकलाप प्रति निक्कै आक्रोसित भएका थिए । ‘करोडौको बजेट सक्न मिल्ने, गर्ने नहुने काम धमाधम गर्ने अनि प्रदेशको केन्द्र चाँही तोक्न किन नमिल्ने ?’ नेम्वाङको प्रश्न थियो ।

उनले यो सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाए । ‘सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ’ उनले भने ‘आफुले नसक्ने भए सक्नेलाई दिनुपर्छ ।’

सरकारले प्रदेशसभाका सांसदलाई काठमाडौंमा ल्याएर सपथ खुवाउन लागेकोमा आपत्ति जनाए । उनले त्यसरी प्रदेशका सांसदलाई काठमाडौंमा ल्याएर सपथ खुवाउने काम संविधान विपरित हुने दावी गरे ।

प्रतिकृया दिनुहोस