प्रदेश राजधानी बनाउने आन्दोलन सशक्त बन्दै, खोलियो प्रदेश कार्यालय

Pradesh dkt

धनकुटा । प्रदेश राजधानी माग गर्दै सुरु भएको आन्दोलन धनकुटामा अझ सशक्त बन्दै गएको छ ।

झण्डै तीनसातादेखि जारी आन्दोलनका पछिल्ला दिनमा धनकुटामा सात वटै स्थानीय तहका बजारदेखि विद्यालयसम्म बन्द छन् । केही दिनदेखि जारी बन्द पनि यथावत छ ।

शनिवारदेखि बन्द केही खुकुलो बनाइएको छ । तर, आइतवार विहान ८ बजेदेखि कुनै पनि सवारी साधन चलेका छैनन् । विद्यालय बन्द छ भने अधिकांस सरकारी कार्यालय पनि सेवाग्राही नहुँदा बन्द जस्तै छ ।

आन्दोलनकै क्रममा आइतवार जिल्लामा प्रदेश कार्यालयहरु स्थापनना गरिएको छ । प्रदेश कार्यालय खोल्नुअघि जुलुस सुरु प्रदर्शन गरिएको थियो ।
मदन चोकदेखि सुरु भएको सो जुलुसले प्रदेश कार्यालय स्थापना गरेको आन्दोलन समितिका संयोजक तथा प्रदेश सांसद निरन राईले बताए ।

आन्दोलनकारीले प्रदेश कार्यालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, मुख्यमन्त्री तथा प्रदेश परिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन  मन्त्रालय लगायतका कार्यालय खोलेका छन् ।

यता, प्रदेश राजधानी माग गर्दै काठमाडौंमा पनि आन्दोलन जारी छ आइतवार अआन्दोलनकारीले २ घण्टा प्रधानमन्त्री निवास वालवाटारमा धर्ना दिएको नेपाली कांगेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।

प्रतिकृया दिनुहोस