धनकुटाको आन्दोलन खुकुलो बन्दै

बेलुका ५ देखि बिहान ८ बजेसम्म यातायातका साधन चल्न दिइने

Chakkajam dkt

धनकुटा । लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएको गुनासो बढेपछि निश्चित समयका लागि यातायात सञ्चालन हुने भएको छ ।

जिल्ला सदरमुकाममा शनिवार बसेको सर्वदलीय बैठकले बजार बन्द यथावत रहे पनि बेलुका सवारी साधन सञ्चालन खुल्ला गर्ने निर्णय गरेको छ । शनिबारदेखि प्रत्येक दिन बेलुका ५ बजेदेखि बिहान ८ बजेसम्म यातायातका साधन चल्न पाउने छन् । आन्दोलनकारीले आगामी सोमबारसम्म बजार, पसल शैक्षिक संस्था, वित्तीय संस्था बन्द गर्ने जनाएका छन् ।

बन्द खुकुलो भएसँगै पहाडबाट तराईतर्फ जाने र सुनसरीको धरानबाट सयौँ सवारी साधन कोशी पहाडका जिल्लातर्फ लागेका करण सर्वसाधरणलाई सहज भएको छ ।

प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा हुनुपर्ने माग राख्दै ४ दिनदेखि धनकुटामा आमहड्ताल गरेका धनकुटेलीलाई पूर्वी पहाडी जिल्ला तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लामा समेत दैनिक उपभोग्य सामग्री आभाव र जनजीवन आवागमनमा बन्दले जनजीवन कष्टकर बनेको गुनासो बढेपछि यातायात खुल्ला गरिएको धनकुटा प्रादेशिक राजधानी अभियानका संयोजक तथा प्रदेशसभाका सांसद निरन राईले बताए ।

प्रतिकृया दिनुहोस