वादी समुदायलाई कम्बल वितरण

Blankets 2

कैलाली । ७ नं प्रदेश नेपाल प्रहरी संघले बिहीबार लम्कीचुहा नगरपालिका–३ बल्चौरका वादी समुदायलाई कम्बल वितरण गरेको छ ।

संघका अध्यक्ष तारा नेपालले सो क्षेत्रका वादी समुदायका १६२ घरधुरीलाई कम्बल वितरण गरीएको हो ।

केही दिनयता बढ्दै गएको चिसोका कारण वादी समुदायका बालबालिका तथा वृद्धवृद्धा प्रभावित बनेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले नेपाल प्रहरी श्रीमती संघले देशभर कम्बल बाँड्ने, राहत दिने तथा सीपमूलक तालीम सञ्चालन गर्दैआइरहेको बताए ।

प्रतिकृया दिनुहोस