सप्तरीमा चिसो बढेसंगै निमोनिया, रुघाखोकीका बिरामी

Jdo

सप्तरी । दुई सातादेखि लगातार बढेको शीतलशरका कारण राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ ।

दुई सातादेखि एक्कासी बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । खासगरी बालबालिका र वृद्धवृद्धामा उक्त रोग अत्यधिक देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

साथै गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जाडोबाट उत्पन्न हुने रोगका बिरामीको उपचारका लागि अत्यधिक आउने गरेको पाइएको छ ।

त्यसैगरी सप्तरीका स्वास्थ्य चौकीमा पनि निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोगका बिरामी आउने गरेको सकरपुरास्थित स्वास्थ्य चौकीबाट बुझिएको छ ।

 

प्रतिकृया दिनुहोस