भ्रष्टाचारीले बाटो फेरे : अख्यितार प्रमुख बस्न्यात

Deep basnet

बर्दिबास । नेपालमा भ्रष्टाचार गर्न र लेनदेनको कारोवार मिलाउन समस्या पर्न थालेपछि भ्रष्टाचारीहरुले आर्थिक लेनदेन गर्ने बाटो फेरेको अख्यितार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरुले दावी गरेका छन् ।

आयोग भ्रष्टाचार नियन्त्रणमा सक्रिय भएको दावी गरिरहेकै बेला अख्तियारका प्रमुख आयुक्त दीप बस्न्यातको यस्तो भनाई आएको हो ।

आयोगको प्रदेश नम्बर—२ स्तर भवनको शिलान्यास गर्न महोत्तरी आएका बस्न्यातले ‘भ्रष्टाचारीले सीमापारी गएर आर्थिक लेनदेन’ गरिरहेको दावी गरेका हुन् ।

‘आयोगको कामलाई आधुनिकीकरण गर्दैछौं । तर, भ्रष्टाचार गर्नेहरुले लेनदेन गर्ने बाटो फेरेका छन्’, उनले भने, ‘रकम लिनेदिने काम सिमापारी गएर गर्न थालेका छन्, भ्रष्टाचारीहरुले कुनै हालत उन्मुक्ति पाउँदैनन् ।’

आयोगको बर्दिवास नगरपालिका–३ स्थित गौरीडाँडामा प्रदेश नम्बर–२ को प्रशासकीय कार्यालय भवनमा निर्माण गर्न १३ करोड ९० लाख ६४ हजार खर्च हुने छ । दुई बर्षभित्र भवन निर्माण भइसक्ने लक्ष्य लिएको छ ।

प्रतिकृया दिनुहोस