विप्लवका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

Mao centre

धनकुटा । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धनकुटाका ३३ कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

नेकपा जिल्ला सदस्य हेमबहादुर मगरको नेतृत्वमा ३३ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । धनकुटाको हिले आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य गणेश विष्टले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्नेमा नेकपाका जिल्ला सदस्य हेमबहादुर मगर, जिल्ला युवा स्वयंसेवक परिचालन समितिका सदस्यहरु भीमबहादुर मगर, कर्मबहादुर मगर, लालबहादुर पुलामी र यमबहादुर पुलामीसहित ३३ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस