मन्त्री विश्वकर्मा भन्छन्, अहिले कसरी नयाँ सरकार गठन हुन सक्छ ?

Min bk

काठमाडौं । वाम गठबन्धनले नयाँ सरकार बनाउने तयारी गरिरहेका बेला सरकारका एक मन्त्रीले अझैं नयाँ सरकार गठन हुन ६ हप्ता लग्ने दावी गरेका छन् ।

वाणिज्यमन्त्री मीन विश्वकर्माले नयाँ सरकार गठन हहुन कम्तीमा ६ हप्ता लाग्ने भएकाले त्यो अवधीसम्म यो सरकारले नै काम गर्ने दावी गरेका हुन् । ‘राष्ट्रियसभाको गठन नुन्जेलसम्म नयाँ सरकार गठन हुन सक्दैन’ उनले भने ‘नयाँ सरका बन्न कम्तिमा पनि ६ हप्ता समय लाग्छ, त्यसपछि हामी सरकारमा बसिरहँदैनौं ।’

शनिबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन नै माघ अन्तिम साता हुने भएकालेले त्यसयता नयाँ सरका बन्ने कुनै सम्भावना नरहेको दावी गरे ।

‘वाम गठबन्धनका साथीहरुले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ भन्दै हुनुहुन्छ, तर निर्वाचन राष्ट्रिय सभामा दल दर्ता गर्न १५ दिनको समय तोक्ने भएकाले सबै प्रक्रिया सकिँदा ६ हप्ताभन्दा धेरै समयलाग्छ’ उनले भने, ‘आयोगले दिएको समयभन्दा अघि नयाँ सरकार बनाउने अधिकार कसैलाई हुँदैन ।’

उनले सबै प्रक्रिया सक्न समय लाग्ने हुँदा फागुन पहिलो साता मात्रै नयाँ सरकार बन्ने ठोकुवा गरे । मन्त्री विश्वकर्माले नयाँ सरकार बन्दा कांग्रेस प्रतिपक्षमा बस्न तयार रहेको बताए । ‘हामी रचनात्मक भूमिका निर्वाह गर्छौं, संविधानको पूर्ण कार्यान्वयन र समावेशी समानुपातिक सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्छौं’ उनले भने, ‘आफूहरु सरकारबाट छिटोभन्दा छिटो छोड्ने तयारीमा छौं, त्यसका लागि पहिले नयाँ सरकार बन्ने बाटो त खुल्न समय लाग्छ ।’

उनले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई लिएर केही युवा नेताहरुले नेतृत्वबाटै हटाउन खोज्ने दुश्साहस गरेको बताए । ‘पार्टी भनेको कुनै एक अमुक व्यक्ति होईन, यो त संगठन हो ।’ उनले भने, ‘हाम्रो सभापति शेरबहादुर देउवा कसैले टिका लगाएर सभापति बन्नुभएको होइन, महाधिवेशनबाट निर्वाचित हुनुभएको हो । तर, जसले जसरी सभापतिमाथि अनावश्यक टिकाटिप्पणी गरेको छ, मुख्य कुरा पार्टी सभापति देउवामाथिको टिप्पणी गर्नु नै मुर्खता हो ।’

उनले युवा नेता गगन थापाले सभापतिविरुद्ध दिएको अभिव्यक्ति अहिले आएर सच्याउन थालिसकेको दावी गरे । ‘जसले हिजोका दिनमा सस्तो अभिव्यक्ति दिए, तिनीहरुले अहिले आफ्नो अभिव्यक्ति सच्याइसके, उत्ताउलो बन्नु गलत हो’ उनले भने, ‘जसले बोल्यो त्यो उत्ताउलो र उच्छृङ्खल अभिव्यक्ति हो, युवाको अभिव्यक्ति थिएन, त्यो त बालक हो ।’

प्रतिकृया दिनुहोस