धनकुटालाई प्रदेश राजधानी बनाउन ७ लाखले गरे हस्ताक्षर

हस्ताक्षर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुभाउने तयारी

Dkt hastaksyar

धनकुटा । धनकुटालाई एक नम्वर प्रदेशको राजधानी माग गर्दै धनकुटामा हस्ताक्षर अभियान तीव्र बनाइएको छ ।

पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई सरकारले प्रदेश राजधानी नबनाउने षडयन्त्र गरेपछि धनकुटेली जनता लामो समयदेखि आन्दोलनमा होमिएका छन् । यसैक्रममा धनकुटामा संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउन हस्ताक्षर अभियान चलाउन थालिएको छ ।

सो अभियान सुरु भएको एक हप्तामा झण्डै ७ लाख जनताले हस्ताक्षर गरेका छन् । धनकुटालाई प्रदेश राजधानी बनाउन दवाव दिन आन्दोलन सुरु गरिएपछिको तेसो चरणमा हस्ताक्षर अभियान सञ्चालन गरिएको धनकुटालाई प्रदेश राजधानी बनाउ अभियानका संयोजक उमेश घिमिरेले बताए ।

धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन माग गर्दै तेस्रो चरणको अभियानअन्र्तगत गरिएको हस्ताक्षर कार्यक्रममा ७ लाखभन्दा बढीले हस्ताक्षर गरेको र सो हस्ताक्षर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुभाउने तयारी भइरहेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए ।

१ नम्वर प्रदेशको राजधानी धनकुटालाई घोषणाको माग गर्दै पहिलो र दोस्रो चरणको अभियान सम्पन्न गरी तेस्रो चरणको कार्यक्रमअनुसार धनकुटा, भेडेटार, हिले, पाख्रिवास लगायतका क्षेत्रहरुमा र काठमाडौंमा समेत हस्ताक्षर अभियान संचालन गरिएको थियो ।

धनकुटालाई प्रादेशिक राजधानी बनाउने विषयमा जिल्लावासी र अन्य जिल्लावासीले पनि हस्ताक्षर अभियानमा सहभागी बनेको धनकुटा नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष नरेश श्रेष्ठले बताए । उनले हस्ताक्षर अभियानमा धेरै जनताहरु सहभागी भएकाले सरकारले बाध्य भएर प्रदेशको राजधानी बनाउने बताए ।

धनकुटा राजधानी बनाउन नेपाली कांग्रेस, नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम लगायतका दल र विभिन्न सामाजिक संस्थाहरु लागेका छन् ।

काठमाडौंमा पनि अभियान तीव्र
धनकुटालाई पदेशको राजधानी बनाउन काठमाडौंमा रहेका धनकुटेली र धनकुटाबाट काठमाडौं आएको प्रतिनिधि मण्डलले पनि आफ्नो अभियानलाई तीव्र बनाएका छन् ।

काठमाडौंमा समेत थप धर्ना, अनतरक्रिया, छलफल र ज्ञापन पत्र बुझाउने कार्य भइरहेको छ । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन निर्णय गर्न माग गर्दै अब चौथो चरणको कार्यक्रम अझ सशक्त ढंगले संचालन गर्ने पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।

१ नम्वर प्रदेशको राजधानी बनाउन उद्योगमन्त्री सुनिलबहादुर थापा, धनकुटाका प्रदेश सांसदहरु इन्द्रमणी पराजुली, निरन राई, पूर्व सांसद मनोहर नारायण श्रेष्ठ, हेमराज भण्डारी, उदय नेपाली श्रेष्ठ, अभियानका संयोजक तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेकपा एमाले धनकुटाका सचिवलय सदस्य अर्जुन राई, नेकपा माओवादी केन्द्र धनकुटाका नेता जुली श्रेष्ठ, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य गोपाल बराइली, धनकुटा शाखाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक यूवा संगठनका केन्द्रिय सदस्य मदन घिमिरे, अभियान्तहरु बिदुर सुवेदी, युवराज घिमिरे, कुशल श्रेष्ठ लगायतका टोलीहरु अहिले काठमाडौमा दैनिकरुपमा मनत्रीहरु र विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफलमा व्यस्त छन् ।

प्रतिकृया दिनुहोस