नक्कली कागजात बनाएको अभियोगमा पक्राउ

Akhtiyar vawan

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका अनुसार नक्कली कागजात तयार पारी साउदी अरबी सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाएको अभियोगमा उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई आज कार्यालयबाटै पक्राउ गरी अनुसन्धान गरिएको आयोगले जनाएको छ ।
यही पुस ९ गते सोही कार्यालयका नासु यादव पौडेल र खरिदार सुमन पाखरेललाई लेखापढी व्यवसायी अशोक कार्कीमार्फत ३२ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको थियो ।

त्यसैगरी विहीबार नै भूमिसुधार कार्यालय भक्तपुरका नासु राजु गौतमलाई घुस लिएको अभियोगमा आयोगको टोलीले पक्राउ गरेको छ । आयोगले मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ६ हजार घुस लिएको अभियोगमा कार्यालय परिसरबाटै उनलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस