पूर्व वडा अध्यक्ष तामाङको हत्या आरोपमा ११ पक्राउ

Woman arrested 300

रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–१ डडुवाको थापागाउँमा पूर्व वडा अध्यक्ष बाबुराम तामाङको हत्या आरोपमा प्रहरीले ११ जनालाई प्रक्राउ गरेको छ ।

तामाङकै हत्या भएको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी निरीक्षक राजेन्द्र थापाको टोलीले १ महिला र १० पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुसँग प्रहरीले अनुसन्धान गरिरहको र दोषीहरुको पहिचान भइरहेको प्रहरी निरीक्षक राजेन्द्र थापाले रामेछाप बताए । उनले भने,‘मुखमा छुरी हानेर हत्या गरेको पाइएको छ, जिउभरी पनि चोटपटक छ, दोषीको पहिचान छिट्टै हुन्छ ।’

आइताबार राती गाउँकै साथीहरुसँग तास खेल्न बसेका ४४ बर्षिय तामाङको हत्या सहकर्मीहरुबाटै भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । थापाले भने,‘तास खेल्न बसेकाहरुलाई पनि हामीले पक्राउ गरेको छौ, अब दोषी उम्किन पाउदैन ।’ पूर्व वडा अध्यक्ष तामाङको शव पोष्टमार्टमबाट आउने रिपोर्टका आधार पनि प्रहरीलाई दोषी पहिचान गर्न सहज हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस