आगलागीमा ४० लाखको क्षति

Aglagi

इलाम । इलामको देउमाई नगरपालिका ६ फुटुकस्थित एक घरमा आगलागी हुँदा करिब ४० लाख बराबरको धनमाल जलेर क्षति भएको छ ।

स्थानीय तिलकसिंह साउदेनको घरमा विद्युत् सर्ट भई सोमबार आगलागी हुँदा ३९ लाख ६० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा भएको आगलागीबाट साउदेनको टिनको छानो भएको दुईतले घर र पसलसमेत जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

 

प्रतिकृया दिनुहोस