मैतीदेवीमा बस पल्टिदा १७ घाइते, ४ जनाको अवस्था गम्भीर

Sssdkdfhd

काठमाडौं । काठमाडौंको मैतिदेवीमा मंगलबार बिहानै बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुलाई नर्भिक र ट्रमा सेन्टर पठाइएको छ ।


सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मंगलबार बिहान सवा ३ बजे बिजुलको पोलमा ठोक्किएर सडकमै पल्टिएको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय नजिकै रहेको बिजुलीको जोर खम्बामा ठोक्किएको थियो ।

बाटो फराकिलो पारे पनि बिजुलीका पोल भने नसारिँदा जोखिम बढाएको छ ।

प्रतिकृया दिनुहोस