प्रमुख कानून र आचारसंहिता पत्रकारिता तालिम सम्पन्न

Patrakar talim

धनकुटा । धनकुटामा प्रमुख कानुन र आचारसंहिता बिषयक तिन दिने पत्रकार आबद्धता तालिम सोमबार सम्पन्न भएको छ ।

सुचना विभागको अयोजना र नेपाल पत्रकार महासंघ धनकुटाको संयोजनमा शनिवार सुरु सो तालिममा जिल्लाका ४० जना क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो । सो तालिमको समापनका अवसरमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

सो तालिमको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा प्रशिक्षक डा. सुरेश आचार्यले आचार संहिताको पलना गर्दा पत्रकारतिा गर्न सजिलो हुने भएकाले आचार संहिता पालना गर्न आग्रह गरे । आचार्यले सत्यता र यथार्थताको खोजी गर्ने पत्रकारिता स्वतन्त्र पत्रकारिता भएकाले पत्रकारहरुले यथार्थको खोजी गर्नुपर्ने बताए ।

कार्यक्रममा सुचना विभागका विजयप्रसाद निरौलाले पत्रकारहरुलाई आचार संहिता लागू गराउन विभागले हरसम्भव प्रयास गरिरहेको बताए । सो तालिक नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस