आज सभामुखको निर्वाचन हुँदै, यस्तो छ अंक गणित

Devraj vr neupane

काठमाडौं । आज सभामुखको निर्वाचन हुँदैछ । संसद सचिवालयका अनुसार मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सोही बैठकमा सभामुख चयनका लागि मतदान हुँदैछ ।

सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्त सभामुख चयन भएको नजिर छ ।

बुधबार दिउँसो सत्ता गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरे र प्रतिपक्षी दल नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेका घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् । न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश समर्थकमा प्रकाश ज्वाला छन् ।

सभामुख निर्वाचित हुनका लागि बहुमत ल्याउनुपर्नेछ । त्यसका लागि २७५ सदस्यमा निर्वाचित हुन १३८ ल्याउनु पर्नेछ । सत्ता गठबन्धनका उम्मेदवार देवराजलाई यो सहज हुने देखिन्छ ।

सत्ता गठबन्धनमा रहेका चार दलको मत नै देवराजलाई काफी हुने देखिन्छ । एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा नै १४५ मत अर्थात बहुमत हुन्छ ।

२ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ । एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०, राप्रपा १४ गरी १४४ सांसद घिमिरेको पक्षमा छन् ।

कांग्रेसकी न्यौपानेको पक्षमा भने पार्टीकै ८८ मत छ भने एकीकृत समाजवादीको १० मत रहेको छ । यो जोड्दा उनको बहुमत पुग्दैन । बाँकी दलहरू लोकतान्त्रिक समाजवादी, नेमकिपा र जनमोर्चाले पनि निर्णय गरिसकेका छैनन् । यदि उनीहरूले पनि मत हालेको खण्डमा पनि न्यौपानेको बहुमत पुग्दैन ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशम्शेर जबराले बैठक सञ्चाजन गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...