पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

Prachanda 10

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् ।

नेकपा एमाले नेतृत्वको सात दलीय गठबन्धनको सहमतिमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका उनले पुस २६ गते विश्वासको मत लिने जानकारी संसद सचिवालयले दिएका छन् ।

मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र जनता समाजवादी पार्टीका १२ सहित १६६ सांसदले समर्थन गरेका थिए ।

त्यसैगरी स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र डा. अमरेश सिंहले पनि शीतल निवास पुगेर समर्थन जनाएका थिए । सात दल र तीन स्वतन्त्रसहित प्रचण्डलाई १६९ जना सांसदको अहिले समर्थन छ ।

ुनेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम संवत् २०७९ साल पुस १० गते म प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा ९४० बमोजिम तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय सम्वत् २०७९ साल पुस २६ गतेको प्रतिनिधिसभाको वैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्दछुु, उनले संसद सचिवालयलाई पत्र लेख्दै भनेका छन् ।

प्रधानमन्त्रीले संसदलाई लेखेको पत्र

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...