८ हजारको मतान्तरले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ १ बाट निर्वाचित

Rajenrda panday

काठमाडौं । झण्डै ८ हजारको मतान्तरको फरकमा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीभन्दा ७ हजार ९८१ मतान्तरले पाण्डे विजयी भएका हुन् । उनले ३५ हजार ९३४ मत प्राप्त गर्दा त्रिपाठीले २७ हजार ९५३ मत ल्याए ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४७५ मत पाए भने मंगोल नेसनल अर्गनाइजेसनका सुमन तामाङ ८८२ मत प्राप्त गरे ।

धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, राष्ट्रपतिद्धारा शुभकामना व्यक्त

Jatiya cuwacut diwas

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३...