भारतले पहिलो चरणमा तीन करोड मानिसलाई निःशुल्क खोप दिने

Corona sa 7 4 2020 4 38 35 7 5 2020 4 38 11 7 16 2020 4 34 05 7 17 2020 4 37 14

नयाँ दिल्ली । भारत सरकारले पहिलो चरणमा झण्डै तीन करोड आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने भएको छ ।

भारतका स्वास्थ्यमन्त्री हर्ष बर्धनले नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएका लगायत तीन करोड मानिसलाई खोप लगाउने बताएका हुन् ।

भारत सरकारले यसअघि नै आउँदो जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ । भारतले खोपको देशव्यापी वितरणका लागि विशेष अभियान नै तयार पारेको छ । भारत सरकारले खोप अभियानका लागि झण्डै एक लाख जनशक्तिलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...