राजदूत सुन्दासद्वारा गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले गणतन्त्र दिवस २०७६ को उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।

बहराइन अधिराज्यमा क्रियाशील नेपाली सङ्घ-संस्थाका प्रतिनिधीको उपस्थितिमा बहराइनस्थित नेपाली राजदूतावासमा बुधवार आयोजित एक शुभकामना आदान–प्रदान कार्यक्रममा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेको मनामास्थित दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

सोही अवसरमा राजदूत सुन्दासले गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलन, जनयुद्ध र २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनमा जीनव उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति समेत हार्दिक श्रद्दाञ्जली अर्पण गरे । 

“सामाजिक रुपान्तरण सहितको समुन्नत र समृद्ध नेपाल निर्माूणमा ध्यान केन्द्रित भै भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई सुदृण गर्न तथा देशलाई आर्थिक विकसको बाटोमा अगाडि बढाउन गणतन्त्र दिवसले हामी सबैमा प्रेरणा तथा ऊर्जा दिने विश्वास व्यक्त गर्दछौँ” ।

दूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ । दिवसको अवसरमा दूतावास परिसरमा बुधवार साझँ दिपावली कार्यक्रमको समेत आयोजना गरिएको थियो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...