बालकको अपहरण गरी घाँटी रेटी हत्या, बली दिने झाँक्री पक्राउ

धनुषा । घरमा कोही नभएको मौका छोपी अढाई वर्षीय बालकको अपहरणपछि हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका– ६ बस्ने ५५ वर्षीय शत्रुधन महतोलाई रहेका धनुषा प्रहरीले जनाकारी दिएको छ ।

महतोले वैशाख २३ गते धनुषा मिथिला नगरपालिका ६ बस्ने शम्भुकुमार साहका अढाइ वर्षीय छोरा आर्यन भन्ने समीर साहको अपहरणपछि घाँटी रेटी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । 

वैशाख २४ गते बालकको शव आफ्नै घर नजिकै रहेको खेतको झाडीमा धारिलो हतियारले घाँटी रेटी हत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

महतोले बालककी आमा रेणुदेवी घाँस काट्न गएको अवस्थामा घरमा कोही नभएको मौका छोपी अपहरण गरेको प्रारम्भिक अनुसन्धामा खुलेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी हरि बहादुर पालले बताए ।

डिआइजी पालले अन्धविश्वासमा शत्रुधनले बालकलाई बली दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि बताए । पालले भने, अपहरणपछि बालकलाई आफ्नै घरमा बन्धक बनाई राखेको देखियो ।

वैशाख २४ गते बिहान २ बजेतिर शत्रुधनले धामी झाँक्रीको काममा दख्खल बढाई शक्तिशाली हुने अन्धविश्वासमा नरबलीको रूपमा घर आँगनमा धारिलो हतियारले क्रुरुतापूर्वक घाँटी रेटी बालकको शव खेतमा फालेको देखिएको छ ।

मृतकका हजुरबुबा पीताम्बर साहले शत्रुधनका नाममा अपहरण गरी शरीर बन्धक कसुरमा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ। घटना अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...