क्रिकेट रंगशालाको बार भत्काउने मुख्य अभियुक्त नेकपाका नेता कँडेल पक्राउ

चितवन । चितवनको रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरको तारबार भत्काउने मुख्य आरोपी प्रकाश कँडेल पक्राउ परेका छन् । उनलाई बुधबार राति रामपुरबाटै प्रक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

उनि अहिले प्रहरीको हिरासतमा रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए । यसअघि बुधवार बार भत्काउने कार्यमा संलग्न रहेको आरोपमा १६ जना पक्राउ परेका थिए । उनीहरूमाथि छानविन भइरहेको प्रहरीले जनाएको छ ।

क्रिकेट रंगशाला निमार्णस्थलको तारबार केही असन्तुष्ट स्थानीयले भत्काएपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ । जनप्रतिनिधि, स्थानिय सर्वसाधारण, देश विदेशमा रहेका नेपालीलगायत सरोकार निकायले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

छलफलबाट समस्या समाधान गर्नुपर्नेमा तोडफोडमा उत्रिएपछि निर्माणको जिम्मा लिएको धुर्मस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । उनले यस्तो प्रवृत्तिले निर्माणका विभिन्न काम गर्न असुरक्षा भएको बताएका छन् ।

 उनले यसअघि पनि धम्क्याउने गरेको भन्दै कट्टेलले काम गर्न असुरक्षित महसुस गरेको बताए । यद्यपि उनले कसैको जग्गा मिचेर, राजनीतिक झण्डा ओढेर नबसेकाले राष्ट्रका लागि एक मुठ्ठी सास रहेसम्म लड्ने दृढता व्यक्त गरे । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...