गोरखामा ढुंगाले किचेर एक बालकको मृत्यु, एक गम्भीर घाइते

गोरखा । भीरबाट खसेको ढुंगाले लागेर धार्चे गाउँपालिका वडा नं ३ लाक्पालका एक बालकको मृत्यु भएको छ । बुधबार बिहान ११ बजेतिर खोलामा साथीहरुसँग खेलिरहेका पाँच वर्षीय आकास गुरुङको मृत्यु भएको स्थानीय विशाल घलेले जानकारी दिए ।

ढुंगाले उनको टाउको र ढाड किचिएको थियो । उनलाई बचाउन गएकी सात वर्षीया दिदी बिनिता गुरुङ पनि ढुंगाले लागेर गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि राजधानी काठमाडौं लगिएको बताए ।खेलिरहेका बेला एक्कासी ढुंगा झर्न थालेपछि संगै खेलिरहेका चारजना बालबालिका भागेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...