कमल थापाले किन मागे राजादेखि विप्लवसम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र ?

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘प्लिव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुस्र्थापनाको माग गर्दै आएको । यस्तो अवस्थामा राप्रपाका अध्यक्ष कमल थापाले नेपाली संस्करणको मौलिक प्रजातन्त्र आवश्यक रहेका तर्क गरेका छन् । 

पार्टीको २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले राजादेखि नेत्र विक्रम चन्द ‘विप्लव माओवादी’ सम्म सबै अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र निर्माण गर्नेबारे बहस शुरु गर्नुपर्ने समय आइसकेको दावी गरे । 

उनले कसैलाई निषेधित गरिँदा लोकतन्त्रमाथि खतरा भइरहने भएकोले यसतर्फ सचेत रहन दलहरुलाई आग्रह पनि गरे । 

‘परिवर्तनको नाममा लादिएको गणतन्त्रात्मक राजनीतिक अभ्यासले जनतालाई के फाइदा भयो ?’ उनले भने, ‘ठण्डा दिमागले सोचेर सबै समेटिने अवस्थाको सिर्जना गरिनुपर्छ ।’ 

उनले यही अवस्थाले निरन्तरता पाउँदै जाने हो भने गरीबी र वेरोजगारी समस्या, भ्रष्टाचार, सनातन धर्ममाथी संगठित र योजनावद्ध रुपमा भइरहेको आक्रमण, सर्वसत्तावादी प्रवृती, वाह्य शक्तिको हस्तक्षेप तथा देश विखण्डनको खतरा र नयाँ माओवादीको उदय जस्ता चुनौतिसँग सामना गर्न राज्यले नसक्ने उनले ठोकुवा गरे । 

राप्रपाले २०७६ लाई पार्टीको संगठन निर्माण वर्षको रुपमा लिएर अघि बढिसकेको र ७५३ वटै स्थानीय निकायमा पार्टीका भातृ संगठनहरुको गठन सँगसँगै जनमुखी एवं जनसंघर्षका कार्यक्रमहरु गर्दै जाने रणनीतिअनुसार पाटी अगाडि बढेकोले समान विचारधारा बोकेका पार्टी तथा संगठनहरुलाई एकता गरेर बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न आह्वानसमेत गरे । 

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङले पार्टीको संस्थापक मुलधार राप्रपा नै भएकोले राप्रपा संयुक्त एवं समान विचारधारा बोकेका अन्य संगठनहरुलाई मुलधारमा समाहित हुन आग्रह गरे । 

महामन्त्री एवं प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङ्देनले पार्टीले जनतालाई  एजेण्डा बारे राम्रोसँग बुझाउन नसक्दा हार व्यहोर्नुपरेको बताउँदै अहिले जनताले विकल्प खोजिरहेको हुँदा राप्रपा नै अहिलेको विकल्प भएकोले राप्रपाको झण्डामुनी गोलबद्ध हुन सबैमा आग्रह गरे 

पार्टीको २९ औं स्थापना दिवस कार्यक्रममा पार्टीका उपाध्यक्ष रोशन कार्की, काठमाडौंका जिल्ला अध्यक्ष नवराज सिंखडा, ललितपुर जिल्ला अध्यक्ष आनन्द अधिकारी, भक्तपुर जिल्ला अध्यक्ष माधव खत्री लगायतले मन्तव्य व्यक्त गरेका थिए भने प्रदेश नं. ३ का अध्यक्ष विक्रमबहादुर थापाले स्वागत गरेका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...