नेपाली क्यारिकेचर २०७६ यही जेठ ३० गतेदेखि

काठमाडौँ । नेपाली क्यारिकेचर यही जेठ ३० गतेदेखि हुने भएको छ । नेपाली कार्टुनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न क्यारिकेचर प्रदर्शनीको आयोजना गर्न लागेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले बताए । ‘अन्य कलाका क्षेत्र जस्तै प्रतिष्ठानले कार्टुनलाई पनि प्राथमिकतामा राखेको छ’, उनले भने । 

अन्य विधाजस्तो क्यारिकेचर सजिलो काम नभएको उनले बताए । नेपाली कार्टुनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न थप यसलाई थप सुधार गर्दै जानुपर्ने उहाँले बताउनु्भयो । नेपालमा २००७ साल अगाडि राणाकालको अन्त्यका लागि पहिलोपटक चन्द्रमानसिँह मास्केले कार्टुन बनाउनुभएको क्लबका पूर्वअध्यक्ष केशब खनालले जानकारी दिए ।

‘पहिले पत्रिकालाई आकर्षक बनाउन विदेशी कार्टुनहरु प्रयोग गरिन्थ्यो भन्ने इतिहासबाट प्रष्ट हुन्छ’, उनले भने । पहिले प्रविधिको विकास नभएकाले कार्टुन प्राथमिकतामा नआए पनि अहिले प्रविधिको सहजतासँगै आर्थिक कारण यसको विकास हुन नसकेको उनले बताए । 


कसको क्यारिकेचर गर्ने हो उसको तस्बीर आफ्नो दिमाखमा राखेर मात्र सुरु गर्नुपर्ने क्लबका अध्यक्ष अबीन श्रेष्ठले बताए । नेपाली क्यारिकेचरका लािग कार्टुनिष्ट क्यब अफ नेपालले आज कार्यशाला प्रदर्शनी प्रतियोगिताको आयोजना गरेको थियो । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...