पाथीभरा मन्दिरबाट फर्कँदै गरेको पिकअप दुर्घटना, ११ जना घाइते

Durghatana

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ सुकेटारमा मंगलबार पाथीभरा मन्दिरबाट फर्कँदै गरेको पिकअप दुर्घटना हुँदा ११ जना घाइते घाइते भएका छन् ।

पाथीभरा मन्दिर दर्शन गरी राति सवा १० बजे १६ जना यात्रु लिएर फुङलिङतर्फ आउँदै गरेको मे१ज १४८६ नम्बरको पिकअप सडकबाट अन्दाजी ५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा पिकअपमा सवार ११ जना घाइते भई उपचारको लागि जिल्ला अस्पताल पठाईएकोमा ५ जनालाई थप उपचारको लागि झापा पठाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पिकअपमा सवार अन्य ५ जना भने सकुशल रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस