प्रदेश र स्थानीय तहको समिक्षा गरिँदै, सबैसँग सहकार्य गर्न जोड

Dkt 27

धनकुटा । प्रदेश नम्वर १ ले र प्रदेशभित्रका स्थानीय तहले गरेका कार्यहरुको समिक्षा गरेको छ । साथै स्थानीय तहलेगरेका काम कारवाहीको समिक्षा गर्दै महत्वपूर्ण सुझाव लिन थालेको छ ।

प्रदेश सरकार र स्थानीय तहका सरकारहरुले गरेको कार्यहरुले अहिलेसम्म गरेको कार्यहरुको डेमोक्रेसी रिर्सज सन्टेरले गरेको अध्ययन प्रतिवेदन धनकुटाको हिलेमा सार्वजनिक गरी समिक्षा गरियो ।

सो कार्यक्रममा डेमोक्रेसी रिर्सज सेन्टरका अनुसन्धानकर्ता चिरण मानन्धरले १ नम्वर प्रदेश सरकार र प्रदेश सभाले एक बर्षमा गरेका कार्यहरुको र सेन्टरकै अनुसन्धानकर्ता पुनम लिम्बुले स्थानीय तहहरुले अहिलेसम्म गरेका कार्य र विपक्षी दलहरुले निर्वाह गरेको भूमिकाबारे प्रतिवेदन प्रस्तुत गरे ।

सो प्रतिवेदनहरुमा संघीय सभा र संघीय सरकारले नियम तथा नियावली निर्माण नर्गदा समस्या भएको र संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहका सरकारबीच समन्वयको अभावमा समस्या भइरहेको उल्लेख गरिएको छ । स्थानीय निकायका कामलाई तीव्र बनाउन संघीय सरकारले सबै बाधा अड्चन फुकाउन जरुरी रहेको पनि उल्लेख गरिएको छ ।

सो कार्यक्रममा प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलहरुका प्रतिनिधिहरुले भने प्रदेश तथा स्थानीय सरकारका जनप्रतिनिधिहरुले विपक्षी दलसँग सहकार्य नगरेको, नेकपावाहेक अन्य दलहरुले जितेका पालिका तथा वडासँग पनि समन्वय नगरी पूर्वग्रही रुपमा कार्य गर्ने गरेको, विकास निर्माण लगायतका कार्यहरुमा एकलैटी गरेको, केही जनप्रतिनिधिहरुले बजेट आफैँ बिनियोजन गर्ने आफैँ योजना संचालन गर्ने र आफैँ निर्माण समाग्रीहरु खरिद गर्दै आफ्नै ढंगले प्रयोग गर्ने गरेका कारण जनतामा निराशा छाएकोले टिप्पणी गरेका थिए ।

सो कार्यक्रममा प्रतिवेदनमाथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले टिप्पणी गरेका थिए भने प्रदेश सभाका सदस्यहरु निरन राई ,इन्द्रमणी पराजुली, बिना राई, जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल, छथरजोरपाटी गाउँपालिकाका प्रमुख शेरबहादुर लिम्बु, सहिदभूमी गाउँपालिका प्रमुख मनोज राई, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेपाल प्रध्यापक संघ धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष इच्छापूर्ण राई लगायतले स्थानीय तहको विकासका लागि सबै राजनीतिक दलसँग सहकार्य गर्न जरुरी रहेको औल्याए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ जना मन्त्री नियुक्त

Hikmat karki safat

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण ...