आजको मौसम: क्रमिक सुधार, तर पानी पर्ने सम्भावना कायमै

हावाहुरीको भने कुनै सम्भावना छैन

Mausam fsabdroyqv

काठमाडौं ।  झण्डै एक सातादेखि बदली रहेको मौसममा बुधबारदेखि केही सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मौसमविद गंगा नगरकोटीले सामान्य सुधार आउने तर केही स्थानहरुमा भने बुधबार पनि बदलीको सम्भावना यथावत रहेको जानकारी दिइन् ।

उनले देशको पूर्वी भूभागको मौसममा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने बताइन् । पूर्व र मध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक हल्का वर्षाको सम्भावना पनि रहेको तर ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद नगरकोटीले जानकारी दिइन् ।

हावाहुरीको सम्भावना भने आज नरहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस