भारत हुने लोकसभा निर्वाचन: नेपाल–भारतको सीमा नाका रातीदेखि बन्द

सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा

Kanchnapur naka

भीमदत्तनगर । भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल–भारतका सीमा नाका गएराती मध्यान्ह १२ बजेदेखि बन्द भएको छ ।

बिहीबार भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कञ्चनपुरको गड्डाचौकी नाका राती देखि ४८ घण्टाका लागि बन्द भएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक पदम बुढामगरले जानकारी दिए ।

साता दिनअघि भारतमा सम्पन्न बैठकमा दुई देशका अधिकारीबीच तीन दिन सीमा नाका बन्द गर्ने सहमति भएको थियो । भारतको उत्तराखण्ड प्रदेशमा पहिलो चरणमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको हो । निर्वाचनलाई मध्यनजर गर्दै कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टालगायतका सीमा नाका २६ चैतको राति १० बजेदेखि २८ गते बेलुका ८ बजेसम्म बन्द हुनेछन् ।

सीमा नाका बन्दसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । बिरामी, एम्बुलेन्सलगायत आकस्मिक आवतजावतका लागि दुवै देशका अधिकारीबीच समन्वय गरेर समस्या समाधान गरिने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस