राप्रपाको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमहरु संशोधन

Rpp baitha 26

काठमाडौं । हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, चर्को मूल्यबृद्धि नियन्त्रण लगायतका मागहरू राखी आन्दोलनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमहरु संशोधन गरेको छ ।

मंगलबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जनसंघर्षको समीक्षा गर्दै सरकारविरुद्ध गर्दै आएको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमहरु संशोधन गरेको हो ।

संशोधित संघर्षका कार्यक्रमअनुसार राप्रपाले चैत २८ गते दशभरका स्थानीय तहमा धर्ना दिने भएको छ । राप्रपाले वैशाख ४ र ५ गते घरदैलो, वैशाख ६ गते धर्म निरपेक्षको प्लेकार्ड र ब्यानर जलाउने तथा वैशाख ८ गते राजमार्ग र चोकमा सत्याग्रह गर्ने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

यसअघि सोमबार हिन्दु राष्ट्रको माग गर्दै प्रदर्शनमा उत्रिएका राप्रपाका नेता कार्यकर्तामाथि प्रहरीले प्रदर्शनीमार्गमा अन्धाधुन्द लाठी प्रहार गर्दा ३० जना घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस