मन्त्रालयमा सचिव नहुँदा समायोजनमा लफडा, सचिव कहिले आउलान् र समाधान होला त समायोजनको लफडा ?

Sanghiya samanya prasasan mantralaya

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक लाखभन्दा बढि कर्मचारी समायोजनको काम सफलतापूर्वक सकिएको भन्दै आएको छ । तर, यहि बेला यही मन्त्रालयको सचिव पद नै खाली छ ।

मन्त्रालयले फागुन दोस्रो हप्तामै समायोजन सकिएको मन्त्रालयले जनाएको थियो । तर हाल मन्त्रालयमै समायोजन नमिलेको भन्दै परेका १२ हजार उजुरी छिनोफानो गर्न नै मन्त्रालयलाई हम्मेहम्मे पर्ने देखिएको छ । यतिसम्मकी समायोजनप्रति असन्तुष्ट चिकित्सकहरुले ५ दिनदेखि सरकारी अस्पताल नै ठप्प पार्दै आएका छन् ।

जेठ १४ गतेबाट अनिवार्य अवकाशमा जान लागेका सचिव दिनेशकुमार थपलियालाई सरकारले कार्यकाल सकिनु १ महिना अगावै निर्वाचन आयोगको प्रमुख आयुक्तका रुपमा सिफारीस गर्‍यो । उनले राजीनामा पनि दिइसकेका छन् । उनको राजीनामापछि मनत्रालय सचिवविहीन छ ।
कर्मचारी समायोजनको लफडा मिलाउने सचिव नै नहुँदा मनत्रालयको काम नै लथालिङ्ग भएको छ ।

मन्त्रालयले नयाँ कर्मचारी भर्नाको प्रक्रिया शुरु गर्ने भनिएपनि पछिल्लो पटक कर्मचारीहरुकै गुनासाका कारण यो प्रक्रिया लम्बिने निश्चित भएको हो । समायोजनका विषयमा प्राविधिक कर्मचारीहरुले त अझैं पनि विरोध नै गरिरहेका छन् ।

समायोजन भइसकेका कर्मचारीले तोकेको ठाउँमा जान विभिन्न व्यावहारिक समस्या देखाइरहेका छन् भने विशेषज्ञ सेवाका कर्मचारी संघीय सरकार मातहत नै रहन पाउनुपर्ने अडानमा देखिन्छन् । सचिव नहुँदा यसको समाधान गर्न मन्त्रालयलाई सजिलो भने हुने छैन ।

यसअघि केही महिनाभित्रै नयाँ कर्मचारी भर्ना गर्ने भन्दै आएको मन्त्रालय स्वयंले हाल आएर स्थानीय र प्रदेशमा अपुग जनशक्ति भर्ना गरेर पठाउन झण्डै एक वर्ष लाग्ने अनुमान गर्न थालेको छ । सरकारले कर्मचारी समायोजनको लफडा नसकिँदै मन्त्रालयका सचिवलाई निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेपछि थप कर्मचारी नियुक्त गर्न समस्या आएको छ । निजामती कर्मचारीहरुको पछिल्ला दिनमा मनोबल गिर्न थालेको छ ।

सचिव नै खाली
सामान्य प्रसाशन मन्त्रालयमा सचिव खाली भएको १५ दिन भइसकेको छ । र्मचारी समायोजनको समस्या आइरहेका बेला सरकारले सचिव पठाउन सकेको छैन । अहिलेसम्म सचिव पठाउने सुरसार पनि गरेको छैन ।

महिला मन्त्रालयको सचिव बुद्धिबहादुर खड्काले फागुन २६ गते अनिवार्य अवकाश पाए । तर त्यो मन्त्रालय पनि आजसम्म सचिवविहीन छ । दुई हप्ताअघि सहसचिवबाट सचिवमा बढुवा भएका केवलप्रसाद भण्डारीलाई प्रधानमन्त्री कार्यालयको जगेडामा थन्क्याईएको छ ।

प्रधानमन्त्री कार्यालयमै दरबन्दी भएको मध्ये पनि दुई सचिवको पद रिक्त छ। सत्य निरुपण तथा मेलमिलाप आयोग पनि सचिवविहीन छ भने उद्द्योग कृषी सहितका मन्त्रालयमा दुई सचिव छन् ।

प्रतिकृया दिनुहोस