अझैं कामु प्रजिअकै भरमा १५ भन्दा बढी जिल्ला

Ministry of home

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरे पनि अझै १५ भन्दा बढी जिल्ला कामु प्रजिअकै भरमा चलिरहेको छ ।

कञ्चनपुर पनि यममुकायम प्रमुख जिल्ला अधिकारीकै भरमा छ । यहाँ इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रहेका सुशील वैद्यलाई कायममुकायम प्रजिअ बनाइएको छ ।

६ महिनाभन्दा लामो समय कामु प्रजिअ राख्न नपाइने कानुनी प्रावधानविपरीत ९ महिनादेखि जिल्ला प्रशासन कार्यालयहरू कामु प्रजिअका भरमा चलेका छन् । सहसचिव प्रजिअ हुने धेरै जिल्लामा उपसचिवलाई प्रजिअ बनाइएको छ । सहसचिव पर्याप्त नहुँदा यसो गर्नुपरेको गृहको दाबी छ ।

मन्त्रालयले शुक्रबार रौतहटको कामु प्रजिअमा किरण थापा, पाँचथरको सिडिओमा गृह मन्त्रालयमा कार्यरत उपसचिव मुरारी वस्ती तथा कञ्चनपुरका कामु प्रजिअ शंकरबहादुर विष्ट दार्चुलाको प्रजिअ बनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रजिअका रूपमा कार्यरत सुरेशसुनार बझाङका सिडिओ भएका छन् ।

भक्तपुरका सहायक सिडिओ जयकुमार घिमिरे मुगुका प्रजिअ, सिन्धुपाल्चोकका सहायक प्रजिअ दुर्गा बन्जाडे जुम्लाका प्रजिअ तथा इलाका प्रहरी कार्यालय साँखुमा कार्यरत मुकेश केसरीलाई डोल्पाको प्रजिअ बनाइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...