झापामा बहुला कुकुरको बिगबिगी, सन्थाल बस्तीमा सबैभन्दा बढी चौपायको मृत्यु

Dog rabies

झापा । झापाको भद्रपुर नगरपालिकामा मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि रेबिज लागेर मरेका हुन् ।

वडा नं ३ सूर्यनगरका विसु मर्डीले पालेको कुकुर बौलाएपछि सन्थाल बस्तीमा सबैभन्दा बढी चौपाय मरेका हुन् । अहिले रेविजविरुद्धको खोप वडा नं. ३ सूर्यनगर र मङ्गलबारे क्षेत्रका पशु तथा मानिसलाई मर्नबाट बचाउन लगाइरहेको भद्रपुर नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक गणेश भट्टाराईले बताए । आइतबार मात्र यो क्षेत्रमा मानिस र चौपायलाई गरी १४ वटा रेबिज विरुद्धको खोप लगाइएको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सडकमा हिँड्ने कुकुरको बन्ध्याकरण गरी सङ्ख्या घटाए पनि घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप नलागाई पाल्ने हुँदा यस्तो समस्या आएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...