जातिय विभेद गरेर कालिकोटमा एक व्यक्तिमाथी कुटपिट

Kalikot district location

कालीकोट । कालिकोटको नरहरीनाथ गाउँपालिका वडा नं. २ का ५७ वर्षका डिल्ली कामी माथी जातीय विभेद सहित कुटपिट भएको छ । आफ्नै काममा व्यस्त रहेको बेला आफ्नो घर बनाउनका लागि मिस्त्री काम नगरेको भन्दै स्थानीय चनबहादुर विष्ट र नरेन्द्र विष्टले आफुलाई मरणसन्न हुनेगरी कुटपीट गरेको स्वयम पीडितले आज पत्रकार सम्मेलन गरी जानकारी गराए ।

गएको पुष १८ गते साझ साढे ४ वजेतिर ज्यालादारी गरी घर फर्किदै गरेका बेला आफुमाथी कुटपिट भएको उहाँले बताउनुभयो । कुटपिटका क्रममा जातिय छुवाछुतका अपशब्द समेत बोल्दै कुटपिट गरेको डिल्लीले बताए ।

उनको मुख, टाउको र छातीमा चोट लागेको छ । न्याय माग्न सदमुकाम पुग्नुभएका कामीले जिल्ला प्रहरी कार्यालय कालीकोटमा मुद्धा दायर गर्नुभएको छ । पिडीतलाइ न्याय दिनका लागि कुटपीट गर्नेको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख विनोद शर्माले जानकारी दिए । गाउँपालिका अध्यक्ष धिर बहादुर विष्टले पनि पिडीतलाइ न्याय दिनको लागि कुनैपनी कसुर बाकी नराख्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ जना मन्त्री नियुक्त

Hikmat karki safat

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण ...