पृथ्वी जयन्तीमा बिदा माग्दै राप्रविसंघले बुझायो गृहमन्त्रीलाई ज्ञापन

Gyapan patra 1

काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको छ ।

संगठनका अध्यक्ष महेशबहादुर सिंहको नेतृत्वमा गएको विद्यार्थी संगठनको प्रतिनिधिमण्डलले राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन मागसमेत गरेको छ ।

केही दिनअघि बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको विस्तारित बैठकले पनि राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिन र राष्ट्रिय पर्वको रुपमा मनाउन माग गरेको थियो ।

सो संगठनले नेपालीलाई नेपाली हुनुको गर्वसहित नाम र पहिचान दिएका राष्ट्र निर्माताको राज्यका तर्फबाट सम्मान हुनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

प्रतिकृया दिनुहोस