रंगशाला बनाउन नदिन स्थानीयले गरे भक्तपुरमा विरोध प्रदर्शन

Vaktapur birodh

भक्तपुर । भक्तपुरका किसानहरुले भक्तपुरमा निर्माण गर्ने भनिएको रंगशालाको विरोधमा प्रदर्शन गरेका छन् । रंगाशाला निर्माण गर्दाै बस्ती उठ्ने भन्दै पीडित किसानहरुले भक्तपुरको नंखेलबाट सुरु गरी जिल्ला प्रशाशन कार्यालयमा पुगेर विरोध सभा गरेका हुन् । 

नंखलेको नन्दकिशोर महादेवस्थानमा बिहानै भेला भई विरोध प्रदर्शन गरेका हुन् । नंखेलबाट भाटेढुकुर, जगाती हुँंदै उनीहरु जिल्ला प्रशाशन कार्यालय पुगको थिए ।

सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ तौडोल र महत गाउँंमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय रंगशाला निर्माणको विरोध हुँदै आएको छ ।
लामो समयदेखि निरन्तर विरोध भए पनि पछिल्लो हप्ता युवा तथा खेलकुद मन्त्रालयमा छलफल गरी सूर्यविनायक नगरपालिकाको वडा नं. ८ र ९ नं वडाको तौडल र महतगाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएको थियो । सहमति भएलगत्तै स्थानीयले विरोध जनाउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने रङ्गशालाको लागि १ हजारदेखि आवश्यकता अनुसार १५ सय रोपनीसम्मको जग्गा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा सूर्यविनायक नगरपालिकाले व्यवस्था गर्ने छलफल पछि सहमति भएको जनाइएको छ ।

सो स्थानमा रङ्गशालाको लागि आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकीकरण आयोजनाको माध्यमबाट गरिने जनाइएको छ । जग्गा एकीकरणको लागि सूर्यविनायक नगरपालिकाका वडा नं ८, ९, १० तथा आवश्यकताअनुसार चाँगुनारायण नगरपालिकाका वडा नं ८ र ९ लाई प्रयोगमा ल्याउने बताइएको छ ।

जग्गा एकिकरणको लागि सूर्यविनायक नगरपालिकाको वडा नं ८, ९, १० तथा आवश्यकता अनुसार चाँगुनारायण नगरपालिकाको ८ र ९ नं. वडालाई प्रयोगमा ल्याउने बताइएको छ । त्यसको लागि तत्काल आवश्यक प्रकृया पुरा जग्गा पहिचान गर्ने र निर्माण प्रकृयालाई सार्वजनिक सूचना प्रकाशित गर्दै अघि बढ्ने सहमति भएको जनाइएको छ ।

अन्तर्रा्ष्ट्रिय रङ्गशाला निर्माणको आवश्यक सवै कानुनी तथा प्राविधिक कार्यहरु सम्पन्न गरी अबको १५ दिन भित्रमा डिपिआरको प्रकृयामा जाने समेत सहमति भएको छ ।

प्रतिकृया दिनुहोस