मनोहरा जेसिस सम्हाल्ने जिम्मा रजनीलाई

Rajani thapa

काठमाडौं । मनोहरा जेसिसको अध्यक्षमा रजनी थापा चयन भएकी छन् । कार्यकारी उपाध्यक्षमा निशान्त गौतम र रोजी अधिकारी चयन भए ।

मनहरा जेसिसको उपाध्यक्षमा अस्मिता बोहरा, प्रियंका श्रेष्ठ, सुजिन थापा र पेम्बा लामा भए भने महासचिवमा सागर रोक्का, कोषाध्यक्षमा शोभा बस्नेत र सदस्यमा होमराज श्रेष्ठ भए ।

सन् २०१९ को अध्यक्षको जिम्मेवारी सम्हालेकी थापालाई मनोहरा जेसिसका निवर्तमान अध्यक्ष सागर भट्टले पद तथा गोपनीयताको सपथ खुवाए । थापासँगै कार्य समितिको पदस्थापन भएका छन् ।

 

प्रतिकृया दिनुहोस