चिकित्सा शिक्षा विधेयक पारित, आज समितिलाई बुझाइँदै

Medical treatment 90

काठमाडौं । चिकित्सा शिक्षा विधेयक आज शिक्षा तथा स्वास्थ्य समिति समक्ष बुझाइँदै छ । उपसमितिको हिजो राति बसेको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेको हो ।

उपसमितिले पारित गरेको विधेयक आज समिति समक्ष बुझाउन लागिएको उपसमितिका संयोजक भैरवबहादुर सिंहले जानकारी दिए । उनले प्राध्यापक डाक्टर गोविन्द केसीसँगको सम्झौताअनुसार नै विधेयक पारित गरिएको जानकारी दिए ।

विधेयकको दफा १३ को उपदफा ६ मा काठमाडौंभित्र मेडिकल कलेज खोल्न नदिने र काठमाडौ बाहिर मेडिकल कलेज खोल्न दिने भन्ने विषय उल्लेख गरिएकाले त्यसै अनुसार उप–समितिले विधेयक पारित गरेको हो ।

प्रतिकृया दिनुहोस