डा. गोविन्द केसी फेरि अनसन बस्ने तयारीमा

Govinda kc 3 1

काठमाडौं । डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमिति पारित भएपछि डाक्टर गोविन्द केसी फेरि अनसन बस्दै हुन् ।

अहिले केहिबेरमा पत्रकार सम्मेलन गरेर केसीले विधेयका विषयमा आफ्नो धारणा सार्वजनिक गर्नेछन् । उपत्यका बाहिरको सन्दर्भमा आयोगले चाहेमा अहिलेकै विश्वविद्यालयबाटै सम्बन्धन दिन सक्ने बाटो खोल्दै उपसमितिबाट विधेयक पारित भएको हो ।

डाक्टर केसी त्यसमा असहमत छन् । डा केसीसंग शिक्षा तथा स्वास्थ्य समिति संयोजक जयपुरी घर्तीले सहमतिका लागि समय मागेपछि पुस २५ गतेसम्म आमरण अनसन नबस्ने भन्दै डा. केसी इलामबाट काठमाडौं फर्किएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए शपथ, २ जना मन्त्री नियुक्त

Hikmat karki safat

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण ...