ओली भन्छन्, रेल आउँछ, पानीजहाज पनि आउँछ

Pm oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले टिकट खोज्नेहरुले पानीजहाज आउनेप्रति विश्वास व्यक्त गरेको रुपमा लिएका बताएका छन् ।

‘मैले स्मरण गरिरहेको छु, कुनै समय पानीजहाजको कुरा गर्दा कागजका ढुंगा फ्याँकियो । रेलका चर्चा गर्दा रित्ता बाल्टिन लाइनमा राखी कुरा काटियो’ प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘कहिले गुडिया रेल लिएर खेलाइयो । अहिले पनि सुनेको छु, जहाजको टिकट काटौं भनेको काउन्टर खै ?’

‘हिजो नपत्याउनेहरु समेत आज अब त हुन्छ भन्ने विश्वास भएछ र कमसेकम टिकट काट्ने ठाउँ खोज्न थाल्नुभएछ’ ओलीले भने, ‘मेरो सुझाब छ, धैर्य गरौं । रेल आउँछ, पानीजहाज पनि आउँछ ।’

उनले प्रतिपक्षीलाई रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह गरे । राष्ट्र निर्माणको अभियानमा सहभागी हुनसमेत आग्रह गर्दै प्रधानमन्त्रीले प्रतिपक्षीलाई भने ‘तपाईंहरू कसरी यो अभियानमा कसरी रचनात्मक भूमिका खेल्नुहुन्छ । त्यसका निम्ति सरकारले कस्तो भूमिका खेल्नुपर्छ ?’

रचनात्मक भूमिकाका साथ प्रस्तुत हुन प्रधानमन्त्रीले आग्रह गरे । अहिले देश चुनौतीपूर्ण अवस्थामा रहेकोले अहिले पर्खिने स्थिति नभएको बताए । ‘मलाई तर्क, वितर्क, वादविवादमा रूची छैन । देश विकास गर्ने ठोस नीति, ठोस योजना र ठोस कार्यमा रुची छ’, प्रधानमन्त्रीले भने, ‘निर्माणका कार्यमा विकासका कार्यमा त कोही प्रतिपक्षी हुनै सक्दैन। हामी अगाडि बढौं ।’

ओलीले आफूलाई कुनै तर्क र बहसमा अल्झिरहने फुर्सद नभएको बताए । पछिल्लो समयमा अनौठो व्यवहारको महसुस गरेको भन्दै प्रधानमन्त्री ओलीले आफूलाई काममा रूची भएको तर कुनै तर्क र बहसमा रूची नभएको बताए ।

अब मुलुकमा राजतन्त्र नभएको जनताले ल्याएको गणतन्त्र र आफैँले छानेको लोकतान्त्रिक प्रणाली भएको भन्दै प्रधानमन्त्री ओलीले जनताले छानेको बहुमतको सरकार भएको बताए । ‘म कुनै तर्कहरूमा अल्झन चाहान्न । यी तर्क र बहसहरुमा अल्झिनुभन्दा पनि यस आर्थिक वर्षमा गरेका नीति, कार्यक्रम र बजेटका विषयमा बोल्छु’ ओलीले भने ।

अहिले १६५ कानुन अध्यावधी भएको भन्दै ओलीले ५६ विधेयकहरू र संघीयता कार्यान्वयनसँग सम्बन्धित १०९ वटा कानुनहरू तर्जुमा भइसकेको समेत संसदलाई जानकारी दिए । प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका निम्ति कमर्चारी समायोजनसम्बन्धी अध्यादेश लिएको बताउँदै उनले ३४ हजार ३५७ कर्मचारीले आफ्नो वैयक्तिक कानुन अद्यावधिक गराएको जानकारी गराए ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालयमाथि गरेको हमला गणतन्त्रमाथिको हमला भएको बताए । राष्ट्रपतिसम्बन्धी सम्पूर्ण निर्णय सरकारले गर्ने गरेको भन्दै उनले हरेक विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउनले कार्य गलत भएको बताए ।

जानकारी नै नभएको राष्ट्रपतिको कार्यालयलाई मुछेर हल्ला गर्नुपर्ने कुनै कारण नभएको प्रधानमन्त्रीको भनाइ थियो। उनले संस्थाको मर्यादा रहेन भने लोकतन्त्र धरासायी हुनेसमेत बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...