आज देशभरको मौसम दिनभर सामान्यदेखि पूर्ण बदली हुने

Mausam chiso

काठमाडौँ  । आज देशभरको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमबाट आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा दिनभर सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ ।

मध्य र पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने बताइएको छ । आइतबार पश्चिमका केही क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको छ । मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने सम्भावना नदेखिए पनि बदली हुने छ ।

काठमाडौँ उपत्यकामा पनि दिनभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ ।आज काठमाडौँ उपत्यकामा को न्यूनतम तापक्रम २।१ डिग्री मापन गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशीमा एमालेका हिक्मतकुमार कार्कीले गरे मुख्यमन्त्री दावी, सनाखत गराउने तयारी

Hikmat karki

विराटनगर । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेक...